शोक वक्तव्य

१९ असार २०७३

प्रेस स्वतन्त्रता सेनानी वरिष्ठ पत्रकार पण्डित बाबुराम भट्टराईको हृदयाघातको कारण आज बिहान ५ बजे ६६ वर्षको उमेरमा असामयिक निधनको भएको खबरले नयाँ शक्ति नेपाललाई स्तब्ध बनाएको छ ।
तीन दशकभन्दा लामो समयदेखि पत्रकारिता गर्दै आउनुभएका भट्टराईको निधनले पत्रकारिता क्षेत्रले एक कुशल, जुझारु, अनुभवी अग्रज त गुमाएकै छ, साथमा सिंगो मुलुकले नै एकजना योग्य अभिभावक गुमाएको छ ।
कला, साहित्य, पूर्वीय दर्शन र बुद्ध दर्शनलगायतका क्षेत्रमा गहिरो ज्ञान राख्नुहुने पण्डित भट्टराईको निधनबाट मुलुकले अपूरणीय क्षति व्यहोरेको छ । हामी स्वर्गीय भट्टराईप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै उहाँको आत्माको चिरशान्तिको कामना गर्दछौं र दुःखको यस घडीमा शोकाकुल परिवारजनमा गहिरो समवेदना प्रकट गर्दछौं ।



खिमलाल देवकोटा
प्रवक्ता

डाउनलोड