प्रेस विज्ञप्ति

१२ साउन २०७३

विनाशकारी भूकम्प, नाकाबन्दी, महंगी र कालोबजारीसहित राजनैतिक अस्थिरता एवम् कुर्सी तानातानको संसदीय फोहरी खेलबाट आक्रान्त जनता फेरि एकपटक बाढी पहिरोको मार खप्न बाध्य भएका छन् ।


वर्षात्को समय दिनहुँ बाढी पहिरोका कारण कैयन धनजनको क्षतिका खबरहरु आइरहेका छन् । ती दुःखद घटनाबाट हामी मर्माहत भएका छौं । यस प्राकृतिक विपत्तिको दुःखद घडीमा आम जनतालाई धैर्यधारण गर्दै विपत्तिको मिलेर सामना गर्न अनुरोध पनि गर्दछौं । जनताको पीडाको सम्बोधन गर्न राज्यका निकायहरु संवेदनशील भएर लागि पर्न आग्रह गर्दछौं ।

वैकल्पिक राजनीतिक शक्तिका रुपमा उदाएको नयाँ शक्ति पार्टी नेपालका सम्पूर्ण पार्टी कमिटीहरुका अभियन्ताहरु, समर्थक र शुभचिन्तकहरु जनताको यो पीडाको घडीमा राहत र उद्दारको कार्यमा
तदारुकताका साथ जुट्न र जनताको दुःख र पीडामा नयाँ शक्ति साथमा छ भन्ने अनुभूति दिलाउने कार्ययोजना निर्माण गरी राहत र उद्दारको कार्यमा सक्रियताका साथ जुट्न हार्दिक आग्रह गरिन्छ ।

प्रवक्ता
खिमलाल देवकोटा

डाउनलोड