प्रेस विज्ञप्ती - २०७३ साउन १३

१३ साउन २०७३

आज धनकुटा जिल्लाको सिधुवामा संखुवासभाबाट आउँदै गरेको बस दुर्घटना हुन गई उक्त दुर्घटनामा परी पूर्वमन्त्री हरिराज खेवा लगायत दर्जनौं मानिसको मृत्यु हुन पुगेको घटनाले हामी सबैलाई स्तब्ध तुल्याएको छ । यो दु:खद् घडीमा दिवंगत आत्माप्रति श्रद्धाञ्जली र शोकसन्तप्त परिवारजनप्रति हार्दिक समवेदना प्रकट गर्दछौं । दुर्घटनामा परी घाइते भएका सबैको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै घाइतेहरुलाई सुविधायुक्त अस्पतालमा छिटो भन्दा छिटो पुर्‍याई नि:शुल्क उपचारको व्यवस्था तथा मृत्युवरण हुनेहरुको परिवारलाई क्षतिपूर्ति राज्यबाट व्यवस्था गरियोस् भनी सरकारसँग माग समेत गर्दछौं ।


पासाङ शेर्पा
संयोजक
प्रदेश नं. १
नयाँ शक्ति पार्टी, नेपाल

डाउनलोड