प्रेस विज्ञप्ति - ३१ साउन २०७३

३१ साउन २०७३

वर्षादको झरीसंगै देशैभरी वाढी पहिरो, सवारी दुर्घटनाका कारण जनधनको क्षतिका दुखद समाचारहरुले हामीलाई स्तव्ध वनाएको छ । यसैक्रममा काभ्रेको दुर्गा देउरालीमा भएको वस दुर्घटनामा ३६ जनाको घटनास्थलमै मृत्यु भएको र कैयन घाईते भएको दुखद खवर प्राप्त भएको छ । उता सुदुर पश्चिम वैतडि जिल्लाको सिद्धेश्रमा भएको दुर्घटनामा पनि ६ जनाको मृत्यु भएको र दर्जनौ घाईते भएको प्राप्त दुखद समाचार ले नया शक्ति पार्टी नेपाललाई अत्यन्त मर्माहत वनाएको छ ।

यस दुखद घडीमा उक्त दुर्घटनामा ज्यान गुमाउनेहरुप्रति हार्दिक श्रद्धान्जली शोकाकुल परिवारजनमा समवेदना व्यक्त गर्दछौ । साथै घाईतेहरुको शिघ्र स्वास्थ्यलाभको कामना गर्दछ ।

यस विपदको घडीमा सम्पुर्ण पार्टी पक्ति उद्धार र राहत कार्यमा खटिन निर्देशन गरिन्छ । घाईतेहरुको प्रभावकारी उद्धार राहत र औषधोपचारको व्यवस्था गर्न सरकारसंग माग गर्दछ ।


खिमलाल देवकोटा
प्रवक्ता

डाउनलोड