प्रेस–विज्ञप्ती - २०७२ माघ २४

२४ माघ २०७२

नयाँँ शक्ति, नेपाल
अन्तरिम केन्द्रीय परिषद
पूर्ण वैठकको निर्णयहरु सार्वजनिक गर्ने वारेको

प्रेस–विज्ञप्ती

मिति २०७२ साल माघ २३ र २४ गतेका दिन संयोजक डाक्टर बाबुराम भट्टराईको अध्यक्षतामा भएको बैठकले गरेका निर्णयहरु सबैको जानकारीकालागि यो प्रेस विज्ञप्ती जारी गरिएको छ ।

१.    वैठकको आरम्भमा मुक्ति स्वतन्त्रता र सम्मानका साथसाथै जनताको सुख र सम्वृद्धिका निम्ति प्राणको आहुति दिने सम्पूर्ण शहीदहरुप्रति हार्दिक श्रद्धान्जली व्यक्त गर्दै वैठकको आरम्भ भयो ।
२.    अन्तरिम केन्द्रीय परिषदका सदस्यहरुको परिचय गराउनुभयो ।
३.    वैठकका अन्य कार्यसूचीमा प्रवेश गर्नुअघि अभियन्ताहरुकालागि तयार गरिएको ३० वुँदे आचारसंहिता सहित प्रतिवद्धता–पत्र उपर सामूहिक शपथ ग्रहण गरियो  ।
४.    नयाँ शक्ति, नेपालको अन्तरिम पार्टी परिचालन निर्देशिका र अभियन्ताले गर्नै पर्ने आधारभूत कुराहरु केशव दाहालले प्रस्तुत गर्नुभयो । देवेन्द्र पौडेलले नयाँ शक्ति, नेपालको दुई महिने कार्ययोजना प्रस्तुत गर्नु भयो ।  गंगा श्रेष्ठले नयाँ शक्ति, नेपालका केही जनसरोकारका विषयहरुमा तत्कालीन सामाजिक अभियानहरु बारेको दस्तावेज प्रस्तुत गर्नुभयो ।  यतिका विषयहरु प्रस्तुत भैसकेपछि सुझाव प्रस्तुत गर्ने कार्यक्रम भोलिपल्टको वैठकमा गर्ने गरी २३ गतेको पहिलो दिनको वैठक स्थगित भयो ।
५.    दोस्रो दिनको वैठकको आरम्भमा नै सूचना र सञ्चार बारेको अन्तरिम नीति मुमाराम खनालले प्रस्तुत गर्नुभयो । तत्पश्चात पूर्वनिर्धारित कार्यक्रम बमोजिम सुझावहरु राख्ने काम निरन्तर जारी रह्यो ।
६.    वैठकको बीचमा नयाँ शक्ति निर्माण अभियानका अथक अभियन्ता टेकबहादुर (तिलक विष्ट)को यही माघ १० गते ६७ वर्षको उमेरमा असामयिक निधनप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोक सन्तप्त परिवारमा नयाँ शक्ति, नेपालको तर्फबाट गहिरो समवेदना प्रकट गर्दै शोक प्रस्ताव पारित गरियो ।
७.    नयाँ शक्ति, नेपालको अन्तरिम पार्टी परिचालन निर्देशिका, अन्तरिम दुई महिने कार्ययोजना, अन्तरिम अवधिमा सम्पन्न गर्न पर्ने केही जनसरोकारका विषयहरुमा तत्कालीन सामाजिक अभियानहरु वारेका दस्तावेजहरु र नयाँ शक्ति, नेपालको प्रारम्भिक प्रचारात्मक कार्ययोजना परिमार्जन सहित पारित गरियो ।
८.    अन्तरिम केन्द्रीय परिषदका सदस्यहरुको कार्यविभाजन यसप्रकार रहेको छ:
५१ सदस्यीय सचिवालय निर्माण गरियो । जसमा केन्द्रीय संयोजक, ७ प्रदेशका संयोजक, ३ आंगिक विभागका संयोजकहरु,  विभागीय संयोजकहरु, प्रवक्ता र बाँकी पछि थप्ने गरी निर्णय गरियो ।

प्रदेश संयोजकहरु:
प्रदेश नं. १     –    राजेन्द्र किराती
प्रदेश नं. २    –    रामचन्द्र झा
प्रदेश नं. ३    –    वलावती शर्मा
प्रदेश नं. ४    –    देवेन्द्र पराजुली
प्रदेश नं. ५    –    वामदेव क्षेत्री
प्रदेश नं. ६    –    भक्त वहादुर शाह
प्रदेश नं. ७    –    लिलादेवी भण्डारी

आंगिक संगठनहरुको संयोजक    –    कुमार पौडेल
राष्ट्रिय मोर्चा संयोजक    –    रामकुमार शर्मा
पेशागत संगठन संयोजक    –    डा प्रविण मिश्र

विभागहरु र संयोजकहरु

१. राजनैतिक विभाग    –    बाबुराम भट्टराई
२. सचिवालय व्यवस्थापन तथा अनुगमन विभाग    –    केशव दाहाल
३. संगठन विभाग    –    देवेन्द्र पौडेल
४. प्रशिक्षण विभाग    –    डम्बर खतिवडा
५. आर्थिक तथा सुशासन विभाग    –    रामेश्वर खनाल
६. सूचना तथा सञ्चार विभाग    –    मुमाराम खनाल
७. अन्तर्राष्ट्रिय विभाग    –    नवराज सुवेदी
८. उत्पादन तथा दिगो विकास विभाग    –    मदन राई
९. सामाजिक अभियान विभाग    –    पासाड शेर्पा
१०. नीति अध्ययन तथा अनुसन्धन विभाग    –    सुरेन्द्र चौधरी
११. महिला विभाग    –    कल्पना धमला
१२. दलित तथा अल्पसंख्यक विभाग    –    बाँकी
१३. संघीय मामला विभाग    –    बाँकी
१४. साँस्कृतिक विभाग    –    अशोक शर्मा
१५. शहीद तथा वेपत्ता परिवार र घाईते अपांग विभाग    –    हिसिला यमी
१६. सदन, सरकार, राज्य समन्वय विभाग    –    बाँकी
१७. सहकारी तथा स्वरोजगार विभाग    –    डा. प्रदिपमान तुलाचन
१८. कृषि तथा भूमि मामला विभाग    –    डा. दिलबहादुर गुरुङ
१९. उद्योग, वित्त, वाणिज्य तथा पर्यटन विभाग    –    डा. केशवमान शाक्य
२०. गैरसरकारी संस्था विभाग    –    दुर्गा सोव
२१. प्राकृतिक विपद् व्यवस्थापन विभाग    –    ऋषभदेव भट्टराई
२२. स्वास्थ्य तथा योग साधना विभाग    –    डा. जितेन्द्र महासेठ
२३. युवा तथा खेलकुद विभाग    –    गंगा श्रेष्ठ
२४. शिक्षा विभाग    –    डा राजेन्द्र केसी
२५. सुरक्षा विभाग    –    नारायणराज पाण्डे
२६. जलश्रोत तथा उर्जा विभाग    –    हरिराम कोईराला
२७. प्राकृतिक श्रोत साधन विभाग    –    बज्रकिशोर यादव
२८. कानुन तथा मानवअधिकार विभाग    –    मुक्ति प्रधान

प्रवक्ता    –    खिमलाल देवकोटा

९.    संयोजकले बैठकको समापन मन्तव्यका रुपमा भन्नुभयो – नयाँ शक्ति, नेपालले एक्काइसौ शताब्दीको आवश्यकता र नेपालको विशिष्टता अनुरुपको समुन्नत समाजवादको नयाँ मोडेल विकास गर्नेछ । माक्र्सद्वारा प्रतिपादित र अन्य चिन्तकहरुद्वारा समृद्ध द्वन्दात्मक तथा ऐतिहासिक भौतिकवादी चिन्तन प्रणालीबाट अघि वढेर त्यसको विकास गर्ने प्रयत्न गरिनेछ । त्यो कुनै माथिवाट लादिएको, गरीवी बाँड्ने, व्यक्तिको नीजत्व कुण्ठित गर्ने नोकरशाही समाजवाद नभई व्यक्तिको नीजत्व प्रष्फुटित गर्ने र समृद्धि बाँड्ने सहभागितामूलक समाजवाद हुनेछ । नयाँ शक्ति, नेपालले तत्काल उद्यमशील राष्ट्रिय औद्योगिक पूँजीको विकासमा जोड दिँदै समुन्नत समाजवादको आधार तयार गर्नेछ भन्ने कुरामा उहाँले जोड दिनुभयो । उहाँले भन्नुभयो – नयाँ शक्ति, नेपाल कुनै विचारविहिन झुण्ड होइन बरु मानवजातिले आविष्कार गरेका पछिल्ला ज्ञान र विज्ञानलाई अंगिकार गरेर निरन्तर अगाडि वढ्ने अग्रगामी प्रगतिशील शक्ति हुनेछ । उल्लेखित मन्तव्य सहित संयोजकले बैठकको समापन गर्नुभयो ।

डा. बावुराम भट्टराई
संयोजक
अन्तरिम केन्द्रीय परिषद्
नयाँं शक्ति, नेपाल

डाउनलोड