नयाँ शक्तिको दोस्रो दिनको बैठकमा के भयो ? (प्रेस विज्ञप्ति)

७ मंसिर २०७३

प्रेस विज्ञप्ती
मिति २०७३ मार्ग ७ गते बिहान ११.०० वजे दोस्रो दिनको बैठक आरम्भ भयो ।

मिति २०७३ मार्ग ६ गते आरम्भ भएको बैठकमा राजनैतिक, वैचारिक, सांस्कृतिक तथा प्रचार, संगठन, अभियान, उत्पादन योजना तथा आर्थिक व्यवस्थापनलगायतका ६ वटा कार्यदलका प्रतिवेदनहरु प्रस्तुत भएका थिए भने आजको बैठकको आरम्भमा निर्वाचन कार्यविधि सम्बन्धि प्रतिवेदन प्रस्तुत भएपश्चात कार्ययोजनाहरु उपर टिप्पणी गर्ने कामको आरम्भ भएको थियो ।

सबै प्रतिवेदनहरुलाई राजनैतिक तथा वैचारिक प्रतिवेदनहरु र आर्थिक प्रतिवेदन गरी दुई भागमा विभाजन गर्दै पहिलो सत्रमा राजनैतिक तथा वैचारिक प्रतिवेदन उपर छलफल आरम्भ भयो । विषयमा केन्द्रित भएर सुझाव र प्रतिक्रियाहरु राख्न संयोजकले आग्रह गरे बमोजिम छलफल आरम्भ भयो । छलफलमा ५५ जना केन्द्रीय कार्यसमितिको सदस्यहरुले भाग लिनुभएको थियो । मुलभुत रुपमा कार्ययोजना कार्यान्वयनमा लैजान सक्ने ढंगले परिमार्जन गर्न जरुरी छ । पार्टी घोषणा गर्दाका बखत पैदा भएको उभारलाई संगठनमा संस्थागत गर्ने धेयका साथा परिमार्जित योजनाहरु बनाउन जरुरी छ भन्ने मत प्राप्त भएको छ ।


दोस्रो सत्रमा आर्थिक उत्पादन र व्यवस्थापन विषयमा छलफल आरम्भ भयो । यो सत्रमा प्रस्तुत कार्ययोजना उपर २९ जना सदस्यहरुले छलफलमा भाग लिनुभयो । छलफलमा अधिकांश सदस्यहरुले आर्थिक उत्पादनको व्यवहारिक योजना तयार गर्न र सो बमोजिम कार्यान्वयन गर्न आग्रह गर्नुभयो । यो सत्रमा जनताको आर्थिक सम्मृद्धि र पार्टीको आर्थिक जीवनबारे छलफल भयो ।


भोलि (बुधबार) बिहान ११ बजेसम्मका लागि बैठक स्थगन भयो ।

खिमलाल देवकोटा
प्रवक्ता