क्रिसमसको उपलक्ष्यमा इसाई धर्मालम्बीहरुलाई नयाँ शक्तिको शुभकामना !

१० पुस २०७३

ईसाई धर्मगुरु जिसस क्राईष्टको जन्मदिनको यो अवसरमा ईसाई धर्मावलम्बीहरुले मनाउने क्रिसमस चाड र सो पर्व मनाउने समस्त ईसाई समुदायप्रति नयाँ शक्ति पार्टी, नेपाल हार्दिक शुभकामना व्यक्त गर्दछ ।

नेपाल धर्मनिरपेक्ष घोषणा भैसकेको छ । सदियौ पहिला नै राज्य र धर्मलाई अलग गरिएको सन्दर्भलाई यस अवसरमा स्मरण गर्दै नेपालमा २०६२/६३को जनआन्दोलनवाट पुनस्र्थापित प्रतिनिधिसभाले आफ्नो घोषणाद्वारा आरम्भ गरेको धर्मनिरपेक्षताको मान्यतालाई अन्तरिम संविधानले संस्थागत गरेको र वर्तमान संविधानले पनि नेपाल एक धर्मनिरपेक्ष मुलुक भनी घोषणा गरेको तथ्य विशेष स्मरणीय छ । धर्मनिरपेक्षताको अर्थ राज्यको धर्म हुँदैन, धर्म व्यक्तिको आस्था र विश्वासको कुरा हो भन्ने सिद्धान्तमा आधारित छ ।

राज्यले सबै धर्महरुलाई बराबरी संरक्षण र सम्वद्र्धन गर्नुपर्दछ भन्ने यही मान्यताका आधारमा आज ईसाई धर्मावलम्बीहरुप्रति हार्दिक शुभकामना व्यक्त गर्दै यो दिनले सबैमा सुख र खुसीको वातावरण बनाउने छ । साथै, यसै दिनको अवसरमा मुलुकका सबै समस्याहरुको समाधान गर्दै मुलुकलाई शान्ति स्थिरता र विकाससहित आर्थिक समृद्धिको दिसामा अघि बढ्न प्रेरणा देओस् भन्ने पनि अपेक्षा गर्दछ ।


खिमलाल देवकोटा
प्रवक्ता

डाउनलोड