तमु ल्होसारको अवसरमा नयाँ शक्ति पार्टी, नेपालको हार्दिक शुभकामना !

१५ पुस २०७३

तमु समुदायको आफ्नो रित परम्पराअनुसार तमुहरुले मनाउने ल्होसारको उपलक्ष्यमा सम्पूर्ण तमु समुदायप्रति नयाँ शक्ति पार्टी, नेपाल हार्दिक शुभकामना व्यक्त गर्दछ ।


प्रत्येक १२ वर्षमा चक्रीय प्रणालीका आधारमा वर्ग फेरिने परम्परा मुताबिक आजैका दिन यही पौष १५ गते यो वर्ष बाँदर वर्ग बिदा भई चरा वर्गमा प्रवेश गर्ने विश्वास गरिन्छ । यस अवसरमा सम्पूर्ण तमु समुदायको सु–स्वास्थ्य दिर्घायु एवम् धनधान्यको कामना गर्दै तमु ल्होसारको आंसी डाला एवं हार्दिक शुभकामना व्यक्त गर्दछु ।


यस ल्होसारको अवसरमा शान्ति, स्थिरता र सुशासनसहितको आर्थिक समृद्धिको दिशातर्फ अग्रसर हुन यस दिनले सबैलाई प्रेरित गरोस् भन्ने हार्दिक शुभकामना व्यक्त गर्दै यो दिनले सबैमा सुख र खुसीको वातावरण बनाउने छ । साथै नयाँ शक्ति पार्टी, नेपाल यसै दिनको अवसरमा मुलुकका सबै समस्याहरुको समाधान गर्दै मुलुकलाई शान्ति, स्थिरता र विकाससहित आर्थिक संमृद्धिको दिशामा अघि बढ्ने प्रेरणा देओस् भन्ने पनि अपेक्षा गर्दछ ।

१५ कात्तिक २०७३

 
खिमलाल देवकोटा
प्रवक्ता

 

 

डाउनलोड