नयाँ वर्ष २०१७ को अवसरमा नयाँ शक्ति पार्टी, नेपालको हार्दिक शुभकामना !

१७ पुस २०७३

आज ग्रगोरियन क्यालेण्डर अनुसार सन् २०१६ लाई विदा गरी नयाँ वर्ष सन् २०१७ आरम्भ भएको छ । यस सुखद घडीमा ईस्वी सम्वत्का अनुयायीहरु सबैमा नयाँ शक्ति पार्टी, नेपाल हार्दिक शुभकामना व्यक्त गर्दछ ।

नयाँ वर्ष नयाँ जोश, जाँगर र उमंगका साथ मनाउनुको अर्थ नयाँ वर्ष शान्ति र समृद्धिका अपेक्षाहरुको परिपूर्ति होस् भन्ने चाहना रहने गर्दछ । यो दिन विगत वर्षको समीक्षा गर्ने, विगतमा भएका गल्ती कमिकमजोरीहरुलाई हटाउने र नयाँ वर्षमा ती कमिकमजोरीहरुलाई नदोहोर्‍याउने प्रतिवद्धताका साथ आगामी वर्षका लागि नयाँ कार्ययोजना बनाउने परम्पराका रुपमा पनि लिने चलन छ ।

नव वर्ष २०१७ शान्ति स्थिरता विकास र समृद्धिको वर्ष रहोस् । यस दिनले मुलुकमा देखा परेका सबैखाले अन्यौल र वाधा व्यवधानहरु हटी आर्थिक समृद्धिको दिशामा अघि बढ्न सवैलाई प्रेरणा मिलोस् । नयाँ शक्ति पार्टी, नेपाल शान्ति, स्थिरता र सुशासनसहितको आर्थिक सम्मृद्धिको दिशातर्फ अग्रसर हुन यस दिनले सबैलाई प्रेरित गरोस् भन्ने हार्दिक शुभकामना व्यक्त गर्दछ । यस नयाँ वर्षको अवसरमा यो दिनले सबैमा सुख र खुशीको वातावरण बनाउन सफल रहोस् भन्ने पनि नयाँ शक्ति पार्टी, नेपाल कामना गर्दछ ।

खिमलाल देवकोटा

प्रवक्ता