सोनाम ल्होसारको अवसरमा नयाँ शक्ति पार्टी, नेपालको शुभकामना !

१५ माघ २०७३

तामाङ समुदायले माघ शुक्ल प्रतिपदाका दिन मनाउने सोनाम ल्होसार पर्वको अवसरमा स्वदेश तथा विदेशमा रहेका तामाङ समुदायलाई सुख, शान्ति, समृद्धि, एवम् उत्तरोत्तर प्रगतिका लागि शुभकामना व्यक्त गर्दछौं ।

मञ्जुश्री पात्रोअनुसार आजदेखि बाँदर वर्ष पूरा गरी चरा वर्ष प्रवेश हुन्छ । जातीय तथा धार्मिक–सांस्कृतिक विविधता रहेको हाम्रो मुलुकमा तामाङ समुदायले यस पर्वलाई नयाँ वर्ष र न्वाँगी पूजाका रुपमा उत्सवमय ढंगले मनाउँदै आएका छन् । तामाङ संस्कृति आफैँमा मौलिक, सुसंस्कृत, सम्पन्न र समृद्ध रहेको छ । नेपाल विविध राष्ट्रियता भएको देश भएकोले सबै राष्ट्रियताहरुको सम्मान र पहिचानले मात्रै इन्द्रधनुषी राष्ट्रवाद बन्दछ र त्यो नै नेपालको विशिष्ट पहिचान हुनसक्छ ।

चाडपर्व आपसी मनोरञ्जन र खुसी साटासाट गरेर मनाउनुका साथै असल संस्कृति र परम्परालाई संरक्षण र सम्वर्द्धन गर्ने अवसर पनि हो । यो पुनित अवसरमा समृद्धिलाई केन्द्रमा राखेर, समानुपातिक, समावेशी र सहभागितामूलक लोकतन्त्रलाई आधार बनाएर, सदाचार र सुशासनलाई माध्यम बनाउँदै स्वाधीनता र सार्वभौमसत्तालाई मुटुमा राखेर समृद्ध समाजवादको दिशामा जाने लक्ष्यमा पुग्न सबैलाई प्रेरणा मिलोस् भन्ने कामना गर्दछौं ।  

खिमलाल देवकोटा
प्रवक्ता

डाउनलोड