प्रेस वक्तव्य - १३ चैत्र २०७२

१३ चैत्र २०७२

प्राकृतिक सुन्दरताले विश्वकै सुन्दर उपत्यकामध्ये एक काठमाडौँ उपत्यका आज विश्वकै तेस्रो र एसियाको पहिलो प्रदूषित सहर बन्न पुगेको छ । प्रदूषणको कारण खोज्दै जाँदा एकले अर्कालाई आरोप–प्रत्यारोप त गर्न सकौँला तर प्रदूषणबाट हामी उपत्यकावासी र स्वदेशी, विदेशी पर्यटकहरूसम्मले पनि समानस्तरको पीडा भोगिरहेका छौँ । हामी सबै उस्तै पीडा भोग्न बाध्य छौँ भने यसको समाधान पनि हामी सबै मिलेर किन नगर्ने रु निश्चय नै यसको मुख्य जिम्मेवारी सरकारको हो । तर सरकारको मात्रै होइन, हामी नागरिकको पनि हो । यही उद्देश्यका साथ ‘क्लिन काठमाडौँ, ग्रीन काठमाडौँ अभियान’ २०७२ चैत्र ६ गते शनिवार विश्व सम्पदा सूचीमा सूचीकृत पशुपतिनाथ क्षेत्रबाट आरम्भ गर्‍यौं । र आज विश्व सम्पदा सूचीमा सूचीकृत बौद्ध स्तुपालगायत वरपर सफाइ कार्यक्रम सम्पन्न गरेका छौँ ।

यस अभियान सफा, स्वच्छ र हरियाली काठमाडौँ उपत्यका निर्माण गर्न चाहने सबैको साझा अभियान हो । मूलतः स्थानीय जनसमुदायको सचेतना, सक्रियता र नेतृत्वबिना यस अभियान सफल हुन सम्भव छैन । हामीले अभियान सुरुवात गरेका छौँ तर अन्त्यमा यस अभियान उपत्यकावासी जनसमुदायलाई हस्तान्तरण गर्न चाहन्छौँ ।

हाम्रो अनुरोधलाई आत्मसात् गर्दै यस अभियानद्वारा आयोजित दुवै हप्ताको सफाइ कार्यक्रममा सहभागी सम्पूर्ण सामाजिक, राजनीतिक, शैक्षिक, आध्यात्मिक, धार्मिक सङ्घ–संस्था, स्थानीय समुदाय, सञ्चार क्षेत्र, सरकारी, गैरसरकारी, नागरिक समाजका व्यक्ति–व्यक्तित्वहरूलाई अभियानको तर्फबाट हार्दिक आभार व्यक्त गर्दछौँ । साथै, यस अभियानलाई सफाइसम्बन्धी सामाग्रीहरू उपलब्ध गराइदिनुहुने कामपा (१०० थान कुचो, १० थान साबेल, १० थान डोको), डिजिटल सिनेमा प्रा।लि। नेपाल (१०० थान झाडू), नीरज लामा, बौद्ध (६००० थान मास्क, ४०० थान ग्लोब्स), डा। केशवमान शाक्य, बबरमहल (१००० थान ग्लोब्स), एसओएस मेन पावर बसुन्धाराका सञ्चालक विजु राउत (४० थान साबेल), सुमेश थापा, पनौती (२० थान साबेल), नीरज शाह, काभ्रे (२० थान डोको, ३०० थान मास्क), बाबुराम न्यौपाने, नयाँ बसपार्क (१० थान साबेल), रमेश देवकोटा, बालाजु (१०० थान बोरा) सङ्घ–संस्था र व्यक्ति–व्यक्तित्वलाई धन्यवाद ज्ञापन गर्न चाहन्छौँ । साथै आगामी दिनमा सहयोग गर्न इच्छुकहरूले सम्पर्क नम्बर ९८५१०४७४४० मा सम्पर्क गर्न सक्नुहुनेछ ।

आगामी हप्ता चैत्र २० गतेको सफाइ कार्यक्रम विश्व सम्पदा सूचीमा सूचीकृत अर्को स्थल पाटन दरबार स्क्वायर परिसरमा सञ्चालन हुने जानकारी गराउँदछौँ ।

अन्त्यमा, हामीले नगरे कसले गर्छ रु अहिले नगरे कहिले गर्ने रु आउनुहोस्, आदरणीय जनसमुदाय १ आजको जस्तै उत्साह र प्रतिबद्धतासहित यस साझा अभियानमा सक्रियतापूर्वक सहभागी बनौँ ।

 

-------------------------------

गङ्गा श्रेष्ठ
संयोजक
क्लिन काठमाडौँ, ग्रीन काठमाडौँ अभियान ।