प्रेस विज्ञप्ती - ३ फागुन २०७३

३ फागुन, २०७३

वृहत्तर जनकपुर क्षेत्रको विकासकालागि विभिन्न माग राखी वृहत्तर जनकपुर क्षेत्र विकास परिषदका अध्यक्ष समेत रहनुभएका नया शक्ति पार्टी नेपालका केन्द्रिय कार्यकारी सदस्य श्री रामकुमार शर्माको नेतृत्वमा नया शक्ति पार्टी नेपालकै अर्का केन्द्रिय कार्यकारी सदस्य श्री कलामुद्दिन राईन समेतको विगत १३ दिनदेखिको आमरण अनशनप्रति हाम्रो गंभिर ध्यानाकर्षण भएको छ ।

वृहत्तर जनपुर क्षेत्रको विकासकालागि विभिन्न मागहरु सहितको सात वुदे ज्ञापनपत्र प्रधानमन्त्रीलाई वुझाई चरणवद्ध रुपमा सरोकारवालाहरुसंग अन्तरक्रिया समेत गरी माग र सोको औचित्यका वारेमा जानाकारी गराई विगत २०७३ माघ २० गतेदेखि आमरण अनशन वसेकोमा आज १३ औ दिन वितिसक्दा पनि नेपाल सरकारका कुनैपनि निकायले समस्या समाधान तर्फ कुनै कदम चालेको पाईएन । अनशनकारीहरु रामकुमार शर्मा तथा कलामुद्दिन राईन समेतको स्वास्थ्य अवस्था अत्यन्त नाजुग भैसकेकोछ । अनशनकारीहरुका जायज माग र अनशनकारीहरुको स्वास्थ्य स्थितिप्रति नेपाल सरकार सरोकारवाला निकाय सहित स्वयं प्रधानमन्त्री समेत वेखवर जस्तै हुनु , त्यसप्रति कुनै चासो नदिनु विल्कुल विडम्वनाको विषय हो । नेपाल सरकारकारका जिम्मेवार निकाय र प्रधानमन्त्री समेतको यस प्रकारको व्यवहारप्रति हामी दुख प्रकट गर्दछौ ।

अनशनकारीहरुका जायज माग र अनशनकारीहरुको विग्रदो स्वास्थ्य स्थितिप्रति नेपाल सरकार सरोकारवाला निकाय तथा प्रधानमन्त्री स्वयले तत्काल अनशनकारीको जीवन रक्षाको निम्ति माग गर्दछौ । साथै अनशनकारीका मागहरुप्रति गंभिरताकासाथ पहलकदमी लिई वहाहरुसंग वार्ता र संवादको प्रकृया अगाडि वढाई जायज मागहरु पुरा गर्न र अनशनकारीहरुको जीवनरक्षा गर्न जोडदार माग गर्दछौ ।

खिमलाल देवकोटा
प्रवक्ता

डाउनलोड