केन्द्रीय, राष्ट्रिय तथा सामाजिक आन्दोलन समितिको प्रेस विज्ञप्ति

१२ फागुन २०७३

यही मिति २०७३ फागुन ११ गते नयाँ शक्ति पार्टी, नेपालको राजनीतिक समितिको बैठक केन्द्रीय संयोजक डा. बाबुराम भट्टराईको अध्यक्षतामा बस्यो । उक्त बैठकको निर्णय अनुसार डा.बाबुराम भट्टराईको हस्ताक्षरमा हस्ताक्षरित प्रेस वक्तव्यको मर्म, भावना र सल्लाह अनुसार सहमतिमा संविधान संशोधन नगरी गरिएको चुनावको घोषणाले फगत द्वन्द सिर्जना गर्ने काम मात्रै गर्ने सुनिश्चित छ । तसर्थ निर्वाचन वातावरण तयार गर्न असन्तुष्ट पक्ष मधेशी, थारु र आदिवासी जनजाति, मुस्लिम, दलित लगायत अल्पसंख्यकका मागहरु संविधान संशोधन मार्फत पूरा गराउन दवाव दिने हिसाबले निम्नअनुसारको प्रथम चरणको संघर्षको कार्यक्रम घोषणा गरेका छौँ ।

१.    संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाद्वारा घोषित कार्यक्रमको समर्थन गर्दै आ–आफ्नो जिल्लामा सहकार्य गर्दै आन्दोलन अगाडि बढाउने ।
२.    २०७३ फागुन १५ गते तराई/मधेसको सबै जिल्लाहरु लगायत उपत्यकामा सिट्ठी जुलुस गर्ने ।
३.    २०७३ फागुन १८ गते तराई/मधेसको सबै जिल्लाहरु र उपत्यकामा प्लेकार्ड सहित विरोध प्रदर्शन गर्ने ।
४.    २०७३ फागुन २२ गते तराई/मधेसको सबै जिल्लाहरु साथै काठमाडौं जिल्ला प्रशासन कार्यालय अगाडी धर्ना दिने ।

 

––––––––––––––––––––––
रामकुमार शर्मा
संयोजक
केन्द्रीय, राष्ट्रिय तथा सामाजिक आन्दोलन समिति