प्रेस वक्तव्य - १४ चैत २०७३

१४ चैत २०७३

आज बसेको नयाँ शक्ति पार्टी, नेपालको विशेष राजनीतिक समितिले निम्न बमोजिमका केन्द्रीय परिषद सदस्यहरुलाई पार्टी सदस्य समेत नरहने गरी निष्काशन गरेको छ:

१. निर्मल भट्टराई
२. चन्द्रदेव ओझा
३. हरिराम रिमाल
४. मोहन बम

पार्टी हीत र स्वीकृत मूल्य–मान्यता विपरित गतिविधिमा निरन्तर संलग्न भई गम्भीर गल्ती गरेको र पार्टीले सोधेको स्पष्टीकरण समेत दिन इन्कार गरेको कारणले निजहरुको क्रियाकलाप पार्टी हीत विपरित ठहर गर्दै विशेष राजनीतिक समितिको बैठकले पार्टीबाट निष्काशन गर्ने निर्णय गरेको व्यहोरा यसै विज्ञप्ति मार्फत सम्बन्धित सबैलाई जानकारी गराइन्छ ।

 


–––––––––––––––––––
खिमलाल देवकोटा
प्रवक्ता
नयाँ शक्ति पार्टी, नेपाल

डाउनलोड