प्रेस विज्ञप्ति - २० चैत २०७३

२० चैत २०७३

नेपालको संविधानको धारा २६९ (७०)(७१) मा भएको दलहरुले दलीय पहिचानको आधारमा चुनाव चिन्ह पाउनुपर्ने प्रावधानविपरित स्थानीय तह निर्वाचन ऐन २०७३ ले नयाँ दलहरुलाई दलीय चुनाव चिन्हबाट वञ्चित गरेको छ ।

ऐन संशोधनको लागि शान्तिपूर्णरुपमा निर्वाचन आयोग अगाडि धर्नामार्फत दबाव दिन जाने क्रममा सरकारले प्रहरी प्रशासन लगाएर शान्तिपूर्ण प्रदर्शनमाथि दमन गरेको छ र हाम्रा पार्टीका संयोजक डा.बाबुराम भट्टराईलगायतका नेता तथा कार्यकर्ताहरुलाई पक्राउ गरेको छ ।

शान्तिपूर्ण धर्ना कार्यक्रम गर्दा पनि सामान्य मानव अधिकार र लोकतान्त्रिक अधिकारको बर्खिलाप हुनेगरी गरिएको दमन र गिरफ्तारको घटनाप्रति नयाँ शक्ति पार्टी, नेपाल घोर भर्त्सना गर्दछ ।

निर्वाचन आयोगले प्रदान गरेको चुनाव चिन्ह प्राप्त गर्न नयाँ शक्ति पार्टी, नेपाललगायत बाहिर रहेका दलहरुको नैसर्गिक अधिकारको प्रत्याभूति गर्नका लागि निरन्तर संघर्ष गरिरहने जानकारी गराउन चाहन्छौं ।

 

खिमलाल देवकोटा

प्रवक्ता

डाउनलोड