नयाँ शक्ति पार्टी, नेपाल र संघीय समाजवादी फोरमको संयुक्त प्रेस विज्ञप्ति - ८ बैशाख २०७४

८ बैशाख २०७४

संयुक्त प्रेस विज्ञप्ति


नयाँ शक्ति पार्टी, नेपाल र सङ्घीय समाजवादी फोरम, नेपालबीच पार्टी एकताको प्रयोजनार्थ दुबै पार्टीका तर्फबाट वार्ता समिति गठन गरी विभिन्न चरणका वैठकहरुमार्फत पार्टीले अवलम्बन गर्ने नीति, सिद्धान्त, विचार र संगठनात्मक प्रणाली समेतमा समान दृष्टिकोण बन्दै गएको सन्दर्भमा पार्टी एकतालाई निष्कर्षमा पुर्‍याउनका लागि ‘पार्टी एकता संयोजन समिति’ गठन गर्ने निष्कर्षमा पुगिएको छ । यस समितिले वर्तमान आन्दोलनमा कार्यगत एकताको माध्यमबाट सहकार्य गर्दै पार्टी एकताको कार्यलाई यथाशीघ्र तार्किक निष्कर्षमा पुर्‍याउने सहमति भएको छ । यस कामका लागि निम्न सदस्यहरु रहेको पार्टी एकता संयोजन समिति गठन गरिएको व्यहोरा अनुरोध छ:

डा. बाबुराम भट्टराई
उपेन्द्र यादव
अशोक राई

हामी नेपाल सरकारसँग सङ्घीय गठबन्धन, संयुक्त लोकतान्त्रिक मधेशी मोर्चा तथा ६८ दलीय संयुक्त संघर्ष समितिले अगाडि सारेका मागहरुलाई सम्बोधन गरी निर्वाचनको वातावरण बनाउन अनुरोध गर्दछौं ।

 

–––––––––––––––––––––––
डा. बाबुराम भट्टराई
संयोजक
नयाँ शक्ति पार्टी, नेपाल

 

–––––––––––––––––––––––
उपेन्द्र यादव
अध्यक्ष
सङ्घीय समाजवादी फोरम, नेपाल

८ बैशाख २०७४

डाउनलोड