शोक वक्तव्य - चैत ३०

३० चैत २०७२

नयाँ शक्ति नेपालका अन्तरिम केन्द्रीय परिषद सदस्य सूर्योदय नगरपालिका–११, इलामका मिलनकुमार शिवाको यही मिति २०७२ चैत ३० गते असामयिक निधन भएको खबरले हामीलाई अत्यन्त मर्माहित बनाएको छ ।

२०२६ सालदेखि नेकपा माक्र्सवादीको पार्टी सदस्य रहेर निरन्तर राजनीतिमा क्रियाशील उहाँको निधनले नयाँ शक्ति नेपाल र समृद्धिको अभियानमा अपुरणीय क्षति पुगेको छ । यस दु:खद घडीमा मृतकप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दै शोकसन्तप्त परिवारजनमा समवेदना प्रकट गर्दछौं ।

धन्यवाद ।

२०७२ चैत ३०

खिमलाल देवकोटा
प्रवक्ता, नयाँ शक्ति नेपाल