प्रेस विज्ञप्ति- वैशाख ३

३ वैशाख २०७३

प्रेस विज्ञप्ति


वैकल्पिक राजनीतिका रुपमा नयाँ शक्ति नेपालले उचाई हासिल गरिरहेको सन्दर्भमा केही पुराना राजनीतिक दलहरु र सोसम्बद्ध सरोकारवाला दलहरु र व्यक्तिहरु तिल्मिलाउन थालेका छन् । परिणामस्वरुप नयाँ शक्ति नेपालविरुद्ध भ्रम सिर्जना गर्न कपोलकल्पित, आधारहिन र झूटा समाचार सम्प्रेषण गर्न तल्लिन छन् ।


यसै सन्दर्भमा नयाँ शक्तिभित्र विवाद रहेको भन्दै आम जनमानसमा भ्रम सिर्जना गर्ने गरी सूचनाहरु सम्प्रेषण भइरहेको सन्दर्भमा हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ । यी कपोलकल्पित, आधारहिन र झूटा समाचाहरुबाट भ्रमित नहुन र वैकल्पिक राजनीतिक धारसहितको नयाँ शक्ति नेपालको संगठन विस्तार अभियानमा जमेर लाग्न आग्रह गरिन्छ ।



खिमलाल देवकोटा
प्रवक्ता

डाउनलोड