प्रेस–वक्तव्य - १० असोज २०७४

१० असोज २०७४

नेपाल मेडिकल एसोसिएशनको नेतृत्वमा २०७४ आश्विन ६ गतेदेखि शुरू भएको चिकित्सकहरूको हड्तालको कारण देशभरिका बिरामीहरू उपचार नपाएर अलपत्र परिरहेका छन् । केही बिरामीहरूको ज्यान गइसकेको र अझ धेरैको ज्यान जानसक्ने खतरा बढिरहेको छ । स्वास्थ्य जस्तो अति संवेदनशील बिषयमा सरकारको उदासिनता भत्र्सनायोग्य छ । चिकित्सकहरूको जायज मााग पूरा गरी तुरून्त हड्तालको अन्त्य गर्न हामी सरकारसँग माग गर्दछौं । साथै, जनताको स्वास्थ्य र बिरामीहरूले उपचार पाउने नैसर्गिक अधिकार समेतलाई ध्यान राख्दै चिकित्सकहरूले पनि हड्ताल जस्तो कठोर संघर्षको अस्त्र प्रयोग गर्नुभन्दा अरू रचनात्मक संघर्षको बाटो अख्तियार गर्न पनि हार्दिक अनुरोध गर्दछौं ।

 

 


–––––––––––––––––––––––
(डा. बाबुराम भट्टराई)
संयोजक
नयाँ शक्ति पार्टी, नेपाल