शोक वक्तव्य - ११ कात्तिक २०७४

११ कात्तिक २०७४

पृथ्वी लोकमार्ग अन्तर्गत धादिङको गजुरी–६, घाटबेसीस्थित त्रिशुली नदीमा आज बिहान भएको ना ६ ख १४६७ नं. को यात्रु बस दुर्घटनामा परी ठूलो संख्यामा जीवन गुमाएको घटनाप्रति नयाँ शक्ति पार्टी, नेपाल गहिरो दु:ख व्यक्त गर्दछ । दुर्घटनामा परी धेरै यात्रुले ज्यान गुमाएको समाचारले हामीलाई अत्यन्तै मर्माहत र दु:खी बनाएको छ ।

सो घटनामा ज्यान गुमाउन पुगेका सबै यात्रुप्रति श्रद्धाञ्जलि अर्पण गर्दछौं । साथै, मृतकका शोकसन्तप्त परिवारजनप्रति समवेदना प्रकट गर्दै दुर्घटनामा परी घाइते भएकाहरुको शीघ्र स्वास्थ्य लाभको कामना गर्दछौं । दुर्घटनामा परी बेपत्ता हुनेहरुको छिटो खोजी कार्य गर्नसमेत सम्बन्धित निकायको ध्यानाकर्षण गराउँदै हामी उद्धार कार्यमा संलग्न नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपाल रेडक्रस सोसाइटी तथा स्थानीयजनप्रति हार्दिक धन्यवाद व्यक्त गर्दछौं ।

निरन्तररुपमा यस्ता दुर्घटना दोहोरिरहेकोले दुर्घटना न्यूनीकरणको अल्पकालीन तथा दीर्घकालीन उपायहरु तत्काल अबलम्बन गर्न हामी सरकार र सम्बन्धित निकायहरुसँग जोडदार माग गर्दछौं ।

 


–––––––––––––––––––––––
(डा. बाबुराम भट्टराई)
संयोजक
नयाँ शक्ति पार्टी, नेपाल

डाउनलोड