शोक वक्तव्य - १२ मंसीर २०७४

१२ मंसीर २०७४

नयाँ शक्ति पार्टी, नेपालका केन्द्रीय परिषद सदस्य तथा कास्की जिल्ला क्षेत्र नं. १ का प्रतिनिधि सभा सदस्यका उम्मेदवार सौगात पोखरेलकी ममतामयी आमा बिन्दा पोखरेलको ४८ वर्षको उमेरमा आज असामयिक निधनको खबरले हामीलाई स्तब्ध बनाएको छ । उहाँप्रति नयाँ शक्ति पार्टी हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछ । साथै शोकसन्तप्त परिवारजनमा हामी गहिरो समवेदना प्रकट गर्दै दुःखको यस घडिमा परिवारजनमा धैर्यधारण गर्नसक्ने शक्ति प्राप्त होस् भन्ने कामना गर्दछौँ ।

 

---------------------------
डा. बाबुराम भट्टराई

संयोजक