शोक वक्तव्य - २० चैत २०७४

२० चैत २०७४

पथरी–शनिश्चरे नगरपालिका मोरङ वडा नं १ हनुमानचोक निवासी नयाँ शक्ति पार्टी, नेपालका केन्द्रीय कार्यकारी सदस्य तथा प्रदेश नं १ का संयोजक देवराज भण्डारीको ममतामयी आमा ओमदेवी भण्डारीको ७१ वर्षको उमेरमा आज मिति २०७४/१२/२० गते बिहान ९ बजे असामयिक निधनको खबरले हामीलाई स्तब्ध बनाएको छ । उहाँप्रति नयाँ शक्ति पार्टी, नेपाल हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछ । साथै, शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना प्रकट गर्दै दुःखको यस घडीमा परिवारजनमा धैर्यधारण गर्ने शक्ति प्राप्त रहोस् भन्ने कामना गर्दछौं ।



राजु नेपाल
कार्यालय प्रमुख

डाउनलोड