युवा शक्ति नेपालद्वारा जारी १० बुँदे काठमाडौं घोषणा (पूर्णपाठसहित)

१ असार २०७३

युवा शक्ति नेपालद्वारा जारी १० बुँदे काठमाडौं घोषणा (पूर्णपाठसहित)

नेपाली समाजको बदलिएको राजनीतिक अभिभारा पूरा गर्ने उद्देश्यका साथ स्थापित वैकल्पिक राजनीतिक शक्ति नयाँ शक्ति पार्टी, नेपाल सम्बद्ध युवाहरुको जुझारु संगठन ‘राष्ट्रिय युवाअभियान’ (परिवर्तित नाम– युवाशक्ति नेपाल) को २०७५ जेठ ३० गते पार्टीको तेस्रो स्थापना दिवसको अवसरमा आयोजित विशेष संघीय भेला पश्चात् निम्नानुसार काठमाडौं घोषणापत्र जारी गर्दछ –

१. नयाँशक्ति पार्टी, नेपालले अवलम्बन गरेको ५ ‘स’ को राजनीतिक कार्यदिशाको मूलमान्यतालाई स्थापितगर्दै मुलुकको आर्थिक समृद्धिमार्फत समुन्नत समाजवादसम्म पुग्ने ध्येय प्राप्तिको लागि दृढतापूर्वक अगाडि बढ्ने प्रतिवद्धता व्यक्त गर्दछौं ।

२. समाजमा व्याप्त भ्रष्टाचार, विकृति, विसंगति, छुवाछुत प्रथा, अन्धविश्वास, लैंगीक विभेद, ढिलासुस्ती जस्ता समस्या र नकरात्मक प्रवृत्ति प्रगतिशील आर्थिक÷सामाजिक÷सांस्कृतिक रुपान्तरणको बाधकहो । यसका विरुद्ध खबरदारी र भण्डाफोर गर्न विशेष कार्यक्रमको घोषणासहित सशक्त कार्यान्वयनगर्ने घोषणा गर्दछौं ।

३. हाम्रै जीवनकालमा आर्थिक विकास, समृद्धि र प्रगति हासिलगर्न युवाहरुलाई पर्याप्त मात्रामा रोजगारी सिर्जनागर्न सरकारलाई दबाबदिने तथा युवा उद्यमशिलता र स्वरोजगार कार्यक्रम मार्फत युवाहरुलाई समृद्धिको अभियानमा लामबद्ध गराउनेछौं ।

४. युवा अवस्था नयाँखोज, अध्ययन, अनुसन्धान र सिर्जनाका लागि स्वर्णिम समय हो । मुलुकमा विद्यमान प्रतिभा पलायन ९द्यचबष्ल म्चबष्ल० रोक्दै युवा पुस्ताको प्रतिभा र क्षमतालाई स्वदेशमै उपयोग गर्न मुलुकमै अवसरहरु सिर्जनागर्ने, गराउने र यसका लागि नीतिगत पैरवीसँगै कार्यान्वयनको रचनात्मक कार्यक्रम अगाडि सार्नेछौं ।

५. उमेरले मात्र युवा भईंदैन । कलिलै उमेरमा सांस्कृतिक अराजकताले गाँजिरहेको परिप्रेक्ष्यमा युवालक्षित प्रशिक्षण, सांस्कृतिक रुपान्तरणका अभियान अगाडि बढाउँदै नयाँ राजनीतिक संस्कार विकास गर्दै युवा पुस्ताका राजनीति प्रतिको विकर्षणलाई आकर्षणमा रुपान्तरण गर्न भरमग्दुर प्रयास गर्नेछौं ।

६. विचार र कार्यक्रम युवा संघसंगठन र सरोकारवाला निकायसँग मित्रवत र सौहार्दपूर्ण सम्बन्ध स्थापितगर्दै क्षमतामुलक समृद्धिको ध्येय प्राप्तगर्न रचनात्मक सहकार्यका कार्यक्रमहरु अगाडि बढाउनेछौं ।
७. बदलिँदो समयमा राजनीतिको महत्वपूर्ण एजेन्डा वातावरणीय संरक्षण र सम्वद्र्धन हो भन्ने यथार्थलाई आत्मसाथ गर्दै निम्नानुसार प्रतिवद्धता व्यक्त गर्दछौं–

क. एक सदस्य, एक वृक्षारोपण कार्यक्रमलाई अभियानात्मक ढंगले अगाडि बढाउनेछौ ।
ख. प्लाष्टिकजन्य वस्तु÷सामग्रीको उत्पादन र प्रयोगलाई न्यूनीकरण गर्दै लैजानेछौं ।
ग. वातावरणीय सन्तुलन र स्वच्छ पर्यावरणका लागि नेपाल सरकारले संचालन गर्ने कार्यक्रमलाई रचनात्मक सहयोग गर्ने ।

८. विश्वव्यापीरुपमा सतहमा आइरहेका नयाँ र प्रगतिशील एजेण्डाहरु लाई सम्बोधन गर्न विश्वस्तरमै युवा संघ÷संगठन र सरोकारवाला निकायहरुसँग सम्बन्ध विस्तार र सहकार्यकालागि विशेष पहल गरिनेछ ।

९. मुलुकको आर्थिक, सामाजिक, राजनीतिक, सांस्कृतिक रुपान्तरणमा युवा सहभागितालाई बढाउने तथा प्राकृतिक विपत्ति र अन्य संकटको घडीमा उद्धार, राहत र पुनस्र्थापनाको लागि नेतृत्वदायी भूमिका निर्वाह गर्नेछौं ।

१०. खेलकुदले जोड्ने राष्ट्रियताको महत्व विश्वव्यापीरुपमा बढिरहेको छ । नेपाल पनि खेलकुदकालागि उर्वर भूमि हो भन्ने मान्यता राख्दै यस क्षेत्रको विकास र प्रवद्र्धनमा भूमिका खेल्ने प्रतिवद्धता व्यक्त गर्दछौं ।

धन्यवाद
३१ जेठ, २०७५

डाउनलोड