शोक वक्तव्य

१० असार २०७५

शोक वक्तव्य

नयाँ शक्ति पार्टी, नेपालका केन्द्रीय कार्यकारी समिति सदस्य, प्रदेश नं. ५ का सचिवालय सदस्य एवं कपिलवस्तु जिल्लाका ईन्चार्ज नारायण खनालकी अर्घाखाँची जिल्ला, भूमिकास्थान नगरपालिका वडा नं. १ निवासी ममतामयी माता विष्णुमाया खनालको निधनको खबरले हामी अत्यन्तै स्तब्ध भएका छौं । ७० वर्षको उमेरमा दिवंगत हुनुभएकी उहाँका दुई छोरा तथा दुई छोरी हुनुहुन्छ । लामो समयदेखि दुःसाध्य रोगबाट पीडित उहाँको मिति २०७५ असार ८ गते बिहान निधन भएको हो ।

उहाँको निधनले परिवारजनमा अपूरणीय क्षति हुन पुगेको छ । उहाँप्रति नयाँ शक्ति पार्टी, नेपाल हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछ । साथै, शोकको यो दुःखद घडीमा हामी सम्पूर्ण शोकाकूल परिवारजनप्रति गहिरो समवेदना प्रकट गर्दछौं ।

 

राजु नेपाल
प्रमुख, केन्द्रीय कार्यालय

डाउनलोड