प्रदेश नामाकरणबारे नयाँ शक्ति पार्टी नेपाल, राष्ट्रिय मामिला संयन्त्रको धारणा

२३ असार २०७५

संविधानसभाबाट जारी नेपालको संविधानको प्रस्तावनामै नेपाल बहुजातिय, बहु्भाषिक, बहुधार्मिक, बहुसांस्कृतिक तथा भौगोलिक बिबिधतायुक्त बिशेषतालाई आत्मसात गरेको देश भनिएको सर्वविदितै छ ।
यसलाई थप पुष्टि गर्ने गरी नेपालको राज्यपुनर्संरचना समिति र आयोग दुवैले समेत नेपालको संघीयताको आधार पाँच पहिचान र चार सामर्थ्यको आधारलाई पारित गरेको सबैलाई अवगत नै छ । यस्तो अवस्थामा ४ नम्बर प्रदेशले संविधानको मूल भावना विपरित 'गण्डकी' प्रदेश नामाकरण गरेकोमा नयाँ शक्ति पार्टी नेपालको राष्ट्रिय मामिला संयन्त्रले यसको घोर भर्त्सना गर्दछ ।

स्मरण रहोस्, यही २०७५ असार १ गते बसेको महाधिवेशन आयोजक समितिको बैठकले 'अबको निकास समावेशी विकास' भन्ने मूल नारा पारित गरेको सन्दर्भमा ४ नम्बर प्रदेशका सांसद हरिशरण आचार्य र धनमाया तामाङले नयाँ शक्ति पार्टी, नेपालको तर्फबाट बहुपहिचानको आधारमा 'तमवुान मगरात' वा 'तमवुान गण्डकी' प्रदेशको पक्षमा प्रदेशसभामा फरक मत राख्नुभएको थियो ।

उहाँहरुलाई हार्दिक धन्यवाद दिन चाहन्छु ।

हिसिला यमि

संयोजक

राष्ट्रिय मामिला संयन्त्र, नयाँ शक्ति पार्टी, नेपाल

 

डाउनलोड