जुम्ला घटनाबारे नयाँ शक्ति पार्टी, नेपालको प्रेस विज्ञप्ति २१ साउन २०७५

२१ साउन २०७५

जुम्ला घटनाबारे प्रेस विज्ञप्ति

नयाँ शक्ति पार्टी, नेपाल जुम्लाका पूर्व जिल्ला संयोजक तथा पार्टी संघीय परिषद सदस्य चन्दननाथ नगरपालिका वडा नं. २ खोलीकोट निवासी राधाकृष्ण बुढथापाको हिजो मिति २०७५ श्रावण २० गते साँझ जुम्ला सदरमुकाम नजिक जुगाडखोलामा मृत अवस्थामा शव भेटिएको घटनाले पार्टीलाई स्तब्ध र मर्माहत बनाएको छ ।

जुम्ला सदरमुकामबाट घर फर्किने क्रममा भएको यो घटना रहस्यपूर्ण र शंकास्पद छ । स्थानीय बासिन्दा र पार्टीको प्रारम्भिक जानकारी अनुसार घटना राजनीतिक पूर्वाग्रहमा आधारित हत्या हुन सक्ने आशंका छ । पार्टी यो घटनाको अविलम्ब निष्पक्ष छानबिन गरी दोषीमाथि हदैसम्मको कारबाहीको माग गर्दछ । साथै, घटनाको घोर निन्दा एवं भर्त्सना गर्दछ ।

राधाकृष्ण बुढथापा जुम्लाको लोकप्रिय राजनीतिक अभियन्ता तथा वैकल्पिक राजनीतिका निष्ठावान व्यक्तित्व हुनुहुन्थ्यो । उहाँको रहस्यमय मृत्यू परिवार, आफन्तजन जुम्ली जनसमुदाय र सम्पूर्ण पार्टी पंक्तिका लागि अपुरणीय क्षति हो ।

यो दुःखद क्षणमा मृतक राधाकृष्ण बुढथापाप्रति हार्दिक श्रद्धाञ्जली र परिवारजनप्रति समवेदना व्यक्त गर्दछौं ।

 

डम्बर खतिवडा
प्रवक्ता

डाउनलोड