शोक वक्तव्य (१९ भदौ २०७५)

१९ भदौ २०७५

नयाँ शक्ति पार्टी, नेपालका संरक्षक परिषद संयोजक तथा पूर्वमन्त्री बन्दीपुर गाउँपालिका-१ निवासी भीमप्रसाद गौतमका ममतामयी माता हरिमाया गौतमको एक सय वर्ष (जन्मः १९७५ असोज १४, स्वर्गारोहणः २०७५ भदौ १६) को उमेरमा निधन भएको खबरले हामीलाई स्तब्ध बनाएको छ ।

 

नेपालको परिवर्तनकारी आन्दोलनहरुमा दृढ संकल्पका साथ समर्पित एकजना योद्धा जन्माउने माताको निधनले पार्टीले एकजना योग्य अभिभावक गुमाएको छ ।

 

यस दुःखद घडीमा हामी मृतकप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछौं र शोकाकुल परिवारजनमा गहिरो समवेदना प्रकट गर्दछौं ।

 

राजु नेपाल

प्रमुख

केन्द्रीय कार्यालय

डाउनलोड