विज्ञप्ति - २ पुस २०७२

वैकल्पिक राजनीतिक शक्तिको सोंच राख्ने शक्ति तथा व्यक्तिहरुबीच छलफल
२ पुस २०७२

नयाँ विचार, राजनीति, सुसंस्कार, सँस्कृति सहितको वैकल्पिक राजनीतिक शक्तिको सोंच राख्ने शक्ति तथा व्यक्तिहरुबीच छलफल सम्पन्न भयो । छलफलमा निम्न समझदारी कायम भएको छ:

–    वैकल्पिक विचार, सुसंस्कार, सँस्कृति सहितको वैकल्पिक राजनीतिक शक्तिको खाँचो छ भन्ने कुरामा हामी सहमत छौं ।

–    वैकल्पिक राजनीतिक विचार राख्नेहरुको बीचमा सहकार्य र सहयोगको आवश्यकता छ भन्ने कुरामा हामी सहमत भएका छौं । वैकल्पिक राजनीतिक विचार राख्नेहरुबीचको सहकार्यमा हामीले जोड दिन्छौं ।

–    वैकल्पिक राजनीतिको मूल उद्देश्य सदाचार सहितको राजनीति, देशको विकास र समृद्धि हो भन्ने कुरामा हामी सहमत छौं ।

–    वैकल्पिक राजनीतिक शक्ति निर्माणका निम्ति सबै शक्ति, व्यक्ति र आम जनतासँग यो प्रक्रियामा सहभागिताका निम्ति हामी हार्दिक आग्रह गर्दछौं ।

१.    डा. बाबुराम भट्टराई    –    नयाँ शक्ति निर्माण अभियान
२.    प्रदीप गिरी    –    व्यवस्थापिका–संसद् सदस्य
३.    रामेश्वर खनाल    –    पूर्व अर्थसचिव
४.    उज्वल थापा    –    अध्यक्ष, विवेकशील नेपाली
५.    गोविन्दनारायण तिमल्सिना    –    विवेकशील नेपाली
६.    रमेश पौड्याल    –    विवेकशील नेपाली
७.    अभिषेक बस्नेत    –    विवेकशील नेपाली
८.    पुकार बम    –    विवेकशील नेपाली
९.    जीवन श्रेष्ठ    –    विवेकशील नेपाली
१०.    अनुषा थापा    –    विवेकशील नेपाली
११.    देवेन्द्र पौडेल    –    नयाँ शक्ति निर्माण अभियान
१२.    रामचन्द्र झा    –    नयाँ शक्ति निर्माण अभियान
१३.    केशव दाहाल    –    वैकल्पिक विचार मञ्च
१४.    डा. केशवमान शाक्य    –    पूर्वमन्त्री
१५.    पासाङ शेर्पा    –    जनजाति अगुवा
१६.    तिलक थापा मगर    –    नेपाल कम्युनिष्ट पार्टी
१७.    डा. प्रविण मिश्र    –    पूर्व स्वास्थ्य सचिव
१८.    सरोज खनाल    –        अभिनेता
१९.    भाष्कर गौतम    –    अनुसन्धानकर्ता

२०७२ पुस २

डाउनलोड